नियम ३०
अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिने
(१) यस नियमावली  बमोजिम सबै निकायबाट बजेट तथा कार्यक्रम प्राप्त गरी आवश्यक छलफल समेत गरी बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिने काम अर्थ मन्त्रालयले गर्नेछ ।
(२) उपनियम (१) बमोजिम बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिंदा नियम २० बमोजिम तयार गरी पेश हुन आएकोे बजेट विवरण माथि अर्थ मन्त्रालयले मुलुकको आर्थिक स्थिति बिचार गरी सम्बन्धित मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग परामर्श गरी थप–घट गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम अर्थ मन्त्रालयले बजेट थप–घट गर्दा सम्बन्धित मन्त्रालयसँग छलफल गरी सोही बमोजिम कार्यक्रम पनि मिलाउन लगाउनु पर्नेछ ।